Logo

भगवानको मुर्तीलाई माक्स, कारण थाहा पाए पर्नुहुनेछ चकित



एजेन्सी । अहिले नेपालमा कोरोनाको प्रभावका कारण माक्सको अभाव छ । पसलमा माक्स किन्न पनि पाइदैन । ब्यापारीहरुले भएका माक्स पनि महंगो मुल्यमा बेच्न थालेका छन् । तर कोरोनाभाइरसले विश्व नै प्रभावित भइरहेको समयमा भारतको उत्तर प्रदेश राज्यस्थित वाराणसीमा भने अचम्मको घटना भएको छ ।

मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएका छन् । उनमा धार्मीक विश्वास यति थियो की उनले भगवानलाई कोरोना लाग्न सक्ने भन्दै माक्स लगाइदिएका छन् । अहिले भारतमा कोरोना प्रभावितको संख्या दिनहुँ बढ्न थालेको छ ।

वाराणसीस्थित पहलादेश्वर महादेव मन्दिरका पुजारी कृष्णा आनन्द पाण्डेले मानिसलाई माक्सको महत्व बुझाउन र जागरुक बनाउन आफुले भगवानलाई माक्स लगाइदिएको बताएका छन् । कोरोनावाट बच्न माक्स पञ्जा अनिवार्य रुपमा लगाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

तर जनचेतनाको अभावका कारण कतिपयले नलाएको हुँदा उनले मानिसलाई जागरुक गर्नका लागि भगवान शिवको मूर्तिमा मास्क लगाइएको बताए । मानिसलाई जस्तै मुर्तीलाई पनि मानिसको सम्पर्कवाट टाढा रािखएको छ । मन्दिरका पुजारीले भगवानको मूर्तिलाई हातले नछुन पनि अपिल गरेका छन् ।

मानिसहरुले सं क टको बेलामा भगवानलाई सम्झने र मन्दिरमा पुगेर प्रार्थना गर्ने प्रचलन छ । त्यसैले धार्मीक महत्वका स्थानमा मानिसको आवागमन बढी हुन्छ । सोही कुरालाई मध्यनजर गरेर मन्दीरका भगवानलाई पनि माक्स लगाइदिएको पुजारीले बताएका छन् । सर्वसाधारणमा यस्तो संकट आइपरेको अवस्थामा मन्दिरमै जनचेतानामूलक गतिविधि गरिएको पुजारी पाण्डेको भनाइ छ ।

पछिल्लो समय मन्दिरमा आउने भक्तजनहरुले समेत मास्क लगाउन थालेको र हातले नछोइकन टाढैबाट पूजा गर्न थालेको उनको भनाइ छ । मन्दीरमा अपनाउने नियमले अरुबेला पनि कोरोनाबाट बच्न मानिसले सोही नियम अवलम्बन गर्ने आफुले विश्वास लिएको उनले बताए ।

पाकिस्तानमा कोरोना भाइरस स ङ्क्र मित १९ पुग्यो
पाकिस्तान । पाकिस्तानमा कोरोना भाइरस स ङ्क्र मित बिरामीको सङ्ख्या १९ पुगेको छ । सबैभन्दा धेरै सिन्धप्रान्तमा मात्रै १५ जनामा भेटिएका छन् ,भने अरु तीन जना गिल्गीत बाल्टिस्तानमा र एक जना बालुचिस्तानका व्यक्तिमा कोरोना भाइरसको स ङ्क्र म भएको पुष्टि भएको छ ।

अर्का एक जना गत हप्ता पूर्ण निर्को भएर घर फर्किएका छन् । क्यानाडामा पनि थप सात जना स ङ्क्र मित भेटिएका छन् । यो सँगै कूल २९ पुगेको छ । श्रीलङ्का र टर्कीमा पनि कोरोनाका स ङ्क्र मिक भेटिन थालेका छन् । अहिलेसम्म स ङ्क्रमित नभेटिएका यी देशमा एक–एक जना स ङ्क्र मित भेटिएको अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता