Logo

प्रचण्डको पछाडी लाग्दा म त बर्वाद भए !



काठमाडौ । सर्वोच्च अदालतको नेकपा बारे दिएको फैसलाले सबैभन्दा ठूलो समस्या ओली तर्फ गएका पूर्व माओवादी र प्रचण्ड तर्फ गएका पूर्व एमालेहरुलाई परेको छ ।

लामो समय एमालेमा रहेर सहकार्य गरेका माधवकुमार नेपाल अहिले नेकपाको प्रचण्ड नेपाल पक्षमा छन् । उनी नेकपाको अध्यक्ष छन् । तर सर्वोच्चले ओली र प्रचण्ड नेपाल दुवै पक्षलाई नेकपा नदिएपछि पार्टी पुर्ववत अवस्थामा फर्किएको छ ।

तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादी केन्द्र ब्युँतिएको छ । तर एमालेमा राजनीति गरेर प्रचण्ड तर्फ आएका माधव नेपाललाई निकै ठूलो समस्या भएको हो ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको पछाडी लाग्दा बर्वाद भएको बताउन थालेका छन् ।

सर्वोच्च अदालतले सत्तारुढ नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँत्याएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

नेता नेपालले सर्वोच्चको आदेशपछाडी सबैभन्दा अप्ठ्यारो आफुलाई नै परेको बताउनु भयो । ‘हो । सबैभन्दा अप्ठ्यारो मलाई नै पऱ्यो, मैले त सोच्दै नसोचेको कुरा भयो । यो ढंगको निर्णय त कसरी होला र रु कसरी होला र भन्नेमात्रै लाग्थ्यो के रु, उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता