Logo

‘विवाह गर्छु, घुम्न जाउ’ भनेर उदयपुरवाट प्रेमीसंग काठमाडौं आएकी युवतीको जिवनमा नसोचेको घटना



काठमाडौ । प्रेमीको पछि लागेर उदयपुरवाट भक्तपुरको कौशलटार आएकी एक किशोरीलाई ब न्ध क बनाएर क रणी भएको छ । १७ वर्षीया किशोरीलाई चारदिनसम्म कोठामा ब न्ध क बनाएर ज ब र्ज स्ती क रणी भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले २७ वर्षीय युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ४ सन्तनगर घर भई हाल कौशलटारमा डेरा गरी बस्ने २७ वर्षीय दुर्गानन्द चौधरी छन्।

उनले उदयपुरको गाईघाट घर भएकी १७ वर्षीया किशोरीलाई काठमाडौ घुम्न जाउँ भनेर ल्याएका थिए । तिमीलाई विवाह गर्छु भन्दै फकाएर ल्याएका उनले कोठामा राखेर चार दिनसम्म क रणी गरेको महामनगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।

गिरीका अनुसार चौधरीले ‘विवाह गर्छु, घुम्न जाउ’ भनेर किशोरीलाई गाईघाटबाट बसमा चढाई कौशलटारस्थित डेरामा ल्याएका थिए । चौधरीले ११ फागुनदेखि १४ फागुनसम्म किशोरीलाई कोठामा राखेको देखिएको प्रहरीले जनाएको छ।

किशोरीले अभिभावकको सहयोगमा २१ फागुनमा चौधरीविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। चौधरीलाई मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता