Logo

कञ्चनले छोडे संसार, एक मात्र सहारा गुमाउनुपर्दा आमा बेहोस (भिडियो हेर्नुस्)



काठमाडौ । सामाजिक सञ्जालमा दुई महिना देखि कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । दुई महिनाको उपचारवाट पनि कञ्चन निको हुन सकेनन् । आइतवार उनको निधन भएको छ ।

लामो समय उपचार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सुधार आउन सकेको थिएन । तर पनि चिकित्सकले उनलाई निकै बचाउने प्रयास गरेका थिए ।

धेरै दिनको बे होसी अवस्थावाट उनी उनी केही दिन अघि बोल्न सक्ने भएका थिए । तर पछिल्लो समय उनलाई फेरी निमोनिया भएको कारण अवस्था विग्रिएको हो ।

उनको हात खुट्टा समेत चल्न बन्द भएका थिए । यसैले थेरापी पनि सुरु गरिएको थियो । काठमाडौवाट गएका विशेषज्ञ टोलीले उनको उपचार गरेको थियो । आफुले माया गरेको मानिसलाई पाउन नसक्दा कञ्चनले आफैलाई सजाय दिएका थिए ।

नेपालको कानुन अनुसार उनीहरुको प्रेम र विवाह गर्ने उमेर भएको थिएन । सानै उमेरमा प्रेममा परेका उनीहरुले विवाह त गरे तर त्यो विवाह लामो समय सम्म टिक्न सकेन ।

चितवनवाट काठमाडौ पुगेर कञ्चनको आमाको अगाडी विवाह गरेको भोलीपल्टै बेहुलीले आफ्नो माइतीको दवावमा कञ्चनलाई आफुले प्रेम नगरेको बताइदिइन् । उनलाई प्रहरी कार्यालय लगियो । प्रेमिकावाट अलग गराइयो ।

त्यसपछि उनीहरुको सम्बन्धमा परिवर्तन आयो । त्यो सबै अवस्थाको सामना कञ्चनले सहन सकेनन् । कोठामा फर्किएर वि ष खा ए । करिब दुई महिनाको उपचार पछि उनको निधन भयो ।

आमाले एक्लै हुर्काएको छोरा गुमाउनु परेपछि उनको अवस्था निकै बेहाल भएको छ । जिवनको एक मात्र सहारा ति आमाले गुमाएकी छन् । श्रीमानको सहयोग समेत नपाएकी कञ्चनको आमाले आवजाट एकमात्र सहारा रहेका छोरा पनि गुमाउनु परेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता