Logo

कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई के भयो ? काठमाडौंको ह्याम्स अस्पतालमा उपचार हुँदै



कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्वास्थ्यमा समस्इा देखिएपछि उनलाई अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको छ ।

प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाका अनुसार मुख्यमन्त्री शाहीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आकस्मिक काठमाडौँ ल्याएर उपचार सुरु गरिएको हो । उनको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

उच्च रक्तचाप समस्याका कारण गत शुक्रबार अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएका कारण आजै डिस्चार्ज हुने सम्भावना रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता