Logo

आइतबारबाट संसद सुरु, फेरि हुनेभयो संसदभित्र यस्तो बवाल



प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन सिफारिस गरेको प्रतिनिधि सभा सर्बोच्च अदालतले बदर गरिदिएपछि आजबाट बैठक आब्हान गरिएको छ ।

दुई तिहाईको सरकार भएपनि प्रधानमन्त्री हटाउने र अन्य गैर्ह कम्युनिष्टलाई प्रधानमन्त्री बनाउन नेकपाकै खेमा लागेको छ ।

त्यसैले संसद भवनभित्र फेसर एक पटक बवाल हुने निश्चित छ । नेकपाभित्रको विवाद छिनोफानो नहुँदै पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन आइतबार सुरु हुँदै छ ।

प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले हालै अधिवेशन आह्वान गरेकी हुन् । दिउँसो ४ बजे प्रतिनिधिसभाको सातौँ बैठक बस्ने तय भएको छ ।

झण्डै दुई तिहाइ जनमतसहित सरकारको नेतृत्व गरिरहेको नेकपाको कानुनी विभाजन नहुँदा सांसदका गतिविधि पनि प्रभावित बन्ने देखिएको छ । यो बेला संसदीय दलबाट दुवै पक्ष आफूसँग बहुमत रहेको देखाउन जोडबलसाथ लागिपरेका छन् ।

नेकपा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २२३ सांसद छन् । प्रतिनिधिसभामा सांसद सानु शिवाको निधनपछि सभामुखलाई छाडेर १७२ र राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्षबाहेक ४८ गरी कुल २२० सांसद छन् ।

तर, अचम्म यो छ कि शुक्रबार दाहाल–नेपाल पक्ष र शनिबार ओली पक्ष दुवैले आफ्नो पक्षमा ११५ जना सांसद सहभागी भएको दाबी गरेको समाचार अन्नपूर्ण पोष्टले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता