Logo

पाल्पामा विवाहको जीप दुर्घटना, यस्तो छ अवस्था



पाल्पा जिल्लामा विवाहको गाडी दुर्घटनामा परेको छ । विवाहको दाइजो छोडेर फर्कने क्रममा जिप दुर्घटना परेको हो । शनिबार बिहान २ बजे निस्दी गाउँपालिका– २ पोखरीछाँप नजिकै भित्री कच्ची सडक खण्डको बिरकोटमा लु १ ज १७६२ नम्बरको जीप दुर्घटना भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिहेको दाइजो छाडेर ज्यामिरेतर्फ फर्किदै गरेको जीप अचानक सडकबाट २५ मिटर तल खस्न जाँदा सवार चालकसहित ४ जना घाइते भएको पाल्पा प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि तनासेनस्थित युनाईटेड मिशन अस्पतालमा ल्याइएको छ ।

दुर्घटनास्थलमा प्रहरी चौकी रुप्सेभञ्ज्याङ खटिएको टोलीले उद्धार गरेको थियो । दुर्घटनामा पाल्पा निस्दी– ७ बस्ने २२ वर्षीय रेवन आले, २१ वर्षीय डिलबहादुर सारु, २८ वर्षीय चन्द्रसिंह सुनारी र चालक पूर्वखोला गाउँपालिका– ३ का २७ वर्षीय शिशिर आचार्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता