Logo

यस्तो प्रस्ताव लिएर ओली आफै पुगेका रहेछन् गौतम निवासमा



 

काठमाडौ । शुक्रवार नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई संसदिय दलको बैठकका लागि निम्ता दिएका छन् । शनिवार प्रधानमन्त्री ओली पक्षको संसदिय दलको बैठक बस्दैछ ।

संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णय पछि अनौपचारीक रुपमा विभाजन भएको नेकपाले छुट्टा छुट्टै बैठक बोलाउँदै आएका छन् ।

प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ । ओली समूहको संसदीय दलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। शुक्रवार ओलीलाई प्रचण्ड नेपाल पक्षले संसदिय दलको बैठकवाट हटाएको हो । उनको स्थानमा पुष्पकमल दाहाल प्रचण्डलाई संसदिय दलको नेताका रुपमा चयन गरेको छ ।

प्रचण्ड–नेपाल पक्षले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ। उता ओली समूहले पनि ससंदीय दलमा आफ्नै बहुमत रहेको दाबी गरिरहेको छ। शनिवार बस्ने आफ्नो संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पनि आउन आग्रह गरेका छन्।

शुक्रबार साँझ भैंसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले गौतमलाई निम्ता गरेका हुन् । प्रधानमन्त्री ओलीको संसद विघटनको निर्णय पछि विभाजित भएको नेकपाको कुनै समुहमा नलागेका गौतमले पार्टी एकता अभियान संचालन गरेका छन् ।

पार्टी एकताको काममा अग्रणी भूमिका खेलेका गौतमले दुवै समुहले अलग अलग गर्ने गतिविधिले पार्टी एकतालाइ वढावा दिने भन्दै तटस्थ बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता