Logo

गाउँ नै छाड्ने सहमतिमा दाजु(बहिनीलेयस्तो काम गरे पछि…



सोलुखुम्बु । सोलुखुम्बुमा हाडनाता करणीको आरोपमा दाजु बहिनीलाई प्रहरीले पक्राउ गरेको छ। महाकुलुङ गाउँपालिकाका २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन् । एउटै आमाको कोखबाट जन्मिएका दाजु(बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिहे नै गर्न लागेको बताएका छन् । उनीहरुले बिहे गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै शारीरिक सम्पर्क गरेको बताएका छन् ।

अहिले दुवै जनालाई पक्राउ गरेर अनुसन्धान थालेको बताउँदै हाडनाता करणीमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता