Logo

विप्लवको सिंहदरवारतिरको यात्रा यसरी सुरु भयो‘



सरकारले प्र ति ब न्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको सिंह्दरवारतिरको यात्रा तय भएको हो । भूमिगत रहेका उनी सार्वजनिक भएका छन् । नवलपरासी बर्दघाट–सुस्तापूर्व नवलपुरको दलदलेबाट उनी शुक्रबार बिहान सार्वजनिक भएका हुन् ।

विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्र ति ब न्ध लगाएपछि उनी भूमिगत अवस्थामा थिए । बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक भएका हुन् ।

सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरेका छन् । जिल्लाको पहाडी क्षेत्रबाट शुक्रबार बिहान उनी देवचुली नगरपालिकाको दलदलेमा आइपुगेको जनाइएको छ ।

देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौँ आएक छन् । शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मञ्चबाट वार्तामा भएका बुँदाहरु सार्वजनिक गर्ने कार्यक्रममा जान उनी नवलपुरको दलदलेबाट काठमाडौँ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता