Logo

सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जनाको मृ’त्यु, २ घाइते



काठमाडौं । टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जना सैनिकको मृत्यु भएका छ भने २ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

कुर्दी नागरिकको जनसंख्या धेरै भएको बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सेनाको नियमित गस्तीका बिंगोल प्रान्ततर्फ उडेको हेलिकोप्टर दुर्घटनाको कारण भने खुलिसकेको छैन ।

मृत्यु हुनेमध्ये सुनाका उच्च अधिकारीसमेत रहेको बताइएको छ । सन् २०१७ मा पनि सिरिया र इराकसँगको टर्कीको सीमा क्षेत्र नजिकै दक्षिण पूर्वी सिरनाक प्रान्तमा हेलिकोप्टर दुर्घटना हुँदा १३ जना सैनिकको निधन भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता