Logo

कसले राख्यो ताजमहलमा ब म? आग्रामा फैलियो डर ! 



 

ब म भेटिएको खबर फैलिएपछि भारतको चर्चित पर्यटकीय स्थल ताजमहल बन्द गरिएको छ ।

सुरक्षाकर्मीले ताज महल खाली गराएका छन् भने तीनैवटा गेट बन्द गराइएको छ । त्यहाँ घुम्न पुगेका पर्यटकलाई पनि बाहिर निकालिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

भेटिएको भनिएको ब म लाई निस्क्रिय तुल्याउन भारतीय सेनाको डि स्पो ज ल टोली आगरा पुगेको छ । एक अ ज्ञा त व्यक्तिले प्रहरीलाई फोन गरेर ताजमहलमा ब म राखिएको भन्ने सूचना दिएका थिए ।

सूचना लगत्तै प्रहरीले ताजमहलबाट पर्यटकलाई बाहिर निकालेको थियो । राखेको सूचना दिने व्यक्तिलाई पक्राउ गरेर हि रा स त मा राखिएको छ । ती व्यक्तिले जागिर नपाएपछि नि रा श भएर प्रहरीलाई त्यस्तो सूचना दिएको बताएका छन् ।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा ती ब्यक्तिले गलत सूचना दिएर पर्यटक र प्रहरीलाई दुख दिन चाहेको बताइएको छ । उनको मानसिक स्वास्थ्य बारेपनि जाँच भै रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता