करोडौंको घर, सम्पति भएका दम्पतीलाई आफ्नै डा। छोराले सबै सम्पति हडपेर सडकमा पुर्याए पछि…. (भिडियो हेर्नुस्)
करोडौंको घर, सम्पति भएका दम्पतीलाई आफ्नै डा। छोराले सबै सम्पति हडपेर सडकमा पुर्याए पछिकाठमाडौं । जेठो छोरा डा। प्रेमराज श्रेष्ठले काठमाडौमा भएको घर ओगटेको भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गर्दै पर्वत कुश्मा वडा नम्बर(५ का स्थायी बाबु हरिकुमार श्रेष्ठ र आमा कमलादेवी श्रेष्ठले छोराले घरसहित आधा सम्पत्ति रोक्का गरेर कुटपिट गर्दै आएको जानकारी दिएका हुन् ।
पत्रकार सम्मलेनमा बोल्दै हरी बहादुरले सानोभर्याङमा भएको सानोभर्याङस्थित ७० हजार रुपैयाँ महिनाको भाँडा आउने तीन तलाको घर छोराले ओगटेको बताए ।
उनले छोरीले इजरायल बसेर कमाएर पठाएको १ करोड ३८ लाख रुपैयाँले पैसाले घर र घडेरी किनेको जानकारी दिए । ‘छोरीको नागरिकता हामीसँग नभएकोले आमाको नाममा घर पास गरिएको हो ।’ उनले भने(‘तर छोराले त्यही सम्पत्तिलाई दाबी गरेर छोरीलाई सम्पत्ति दिएको भन्दै मुद्दा दिएको छ ।’