Logo

गोंगबु ह’त्या प्र’करणः कल्पना मुडभरीलाई आजीवन जेल स’जाय, छोरीले पाइन् सफाई



गोंगबुमा कृष्णबहादुर बोहोराको विभत्स हत्या प्रकरणमा संलग्न कल्पना मुडभरीलाई आजीवन जेल सजाय सुनाइएको छ ।

जिल्ला अदालत काठमाडौँले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको हो ।

कल्पनाले गत साउन २५ गते आफ्नै कोठामा दाङका ४५ वर्षीय कृष्ण बहादुर बोहराको शरीर र टाउको काटेर सुटकेशमा हाली सडकमा फालेकी थिइन् ।

सोही घटनामा संलग्न रहेकी कल्पनालाई आजिवन काराबासको फैसला सुनाएको र उनकी छोरीलाई भने सफाइ दिने फैसला गरेको छ । नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो ।

साथै, अदालतले मृतक बोहराको परिवारलाई राज्य कोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिएको छ ।

कोठामा हत्या गरेर नजिकै शव लुकाएपछि कल्पना आफ्नो १६ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवन भागेकी थिइन् । चितवन माइतीघरमा रहेकै बेला कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता