Logo

आज पश्चिमी वायुको आंशिक प्रभावः यी स्थानमा वर्षाको सम्भावना



जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

यस्तै, देशका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

भने, देशको पहाडी भूभागहरुको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।आज राति देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता