Logo

प्रधानमन्त्री ओलीले वामदेव गौतम मार्फत खुसुक्क पठाए प्रचण्डलाई यस्तो सन्देश, प्रचण्ड चकित



प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतम मार्फत नयाँ कार्ड फ्याँ के का छन् । उनले एक बर्ष आफूलाई प्रधानमन्त्री रहन दिए अर्को बर्ष प्रचण्डलाई सत्ता हस्तान्त्रतरण गर्न सकिने बताएका हुन् ।

बामदेव नैतिकताको आधारमा राजीनामा माग्न प्रधानमन्त्रीसँग गएका थिए । तर यस बिषयमा भने वामदेव गौतम रित्तो हात फर्किनु परेको छ ।

गौतम सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताएपछि पार्टी एकता बचाउन तत्काल राजीनामा माग्दै १४ गते दिउँसो बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको भनाई उधृत गर्दै गौतमले भने, ‘राजीनामा दिनुपर्छ भने बरु म एकतामा नै जान्नँ पो भन्नुभयो ।’

राजीनामाको प्रस्ताव सुन्नेबित्तिक्कै प्रधानमन्त्री र न्के पछि आफूले त्यो कुरोलाई धेरै नगरेएको गौतमको भनाई छ । राजीनामाको विकल्प अघि सार्दै आफूलाई ‘बरु आलोपालो प्रधानमन्त्री बन्ने प्रस्तावबमोजिम अबको एक वर्ष म नै प्रधानमन्त्री हुनुपर्छ भनेको उनले बताए ।

‘दोस्रो वर्षचाँहि प्रचण्डलाई छाड्न सकिन्छ । म त्यसमा असमझदारी गर्ने, धो का दिने काम अब गर्दिनँ । अहिले नै कागजपत्र लेखेर, आवश्यक प(यो भने जे जेमा सहीछाप गर्न भन्नुहुन्छ गरेर जाने हो, मिलीजुली सरकार बनाएर जाने हो, त्यसको लागि तयार छु,’ गौतमलाई प्रधानमन्त्रीले भनेको समाचार जनआस्था साप्ताहिकले लेखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता