Logo

धेरै फिल्ममा श्रीकृष्ण श्रेष्ठको आमा बनेकी लक्ष्मी गिरीले श्वेता खड्कालाई यस्तो भनिन्। श्रीकृष्ण सुटिूङमै बिरामी हुन्थे (भिडियो हेर्नुस्)



बरिष्ठ कलाकार लक्ष्मी गिरीले श्वेता खड्का बिवादको बारेमा बोलेकी छिन् । उनले श्रकृष्ण सुटिँगको सेटमै बिरामी हुन्थे भन्दै श्वेतालाई पछिल्लो समय लागेको आरोपका बारेमा स्पष्ट बिचार राखिन् । साथै उनले शिशिर भण्डारीसँगको कुराकानीमा अहिलेका चर्चित नायकहरु पल शाह, प्रदिप खड्का र अनमोल केसी को राम्रो लाग्छ भनेर बताएकी छिन् ।

लक्ष्मी गिरी, उहाँ नेपाली, भोजपुरी, मैथली र नेपाल भाषा ९नेवार समुदायको भाषा० चलचित्रहरूमा चरित्र अभिनेत्री हुने पहिलो महिला कलाकार पनि हुनुहुन्छ । उहाँको जन्म २०११ माघ ६ मा काठमाडौंको पशुपति क्षेत्र, देवपत्तन मा भएको हो ।

उहाँका पिताको नाम मुक्तिनाथ पौडेल र माताको नाम उजेली अधिकारी हो । उहाँ एक्लो सन्तान हो । लक्ष्मीले एक सयभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँलाई ३ सय ७२ वटा टेलिश्रृंखलामा देखिसकिएको छ । मदनकृष्ण र हरिवंशको नाटक विज्ञापन को कूल ३ सय ८९ प्रदर्शनमा उहाँले २ सय ८९ पटक अभिनय गर्नुभएको छ । यसबाहेक उहाँले अभिनय गरेका नाटकको संख्या धेरै छ ।

‘विज्ञापन’ नाटककै प्रदर्शन र अन्य कार्यक्रमसहित उहाँले अमेरिकाका ३५ राज्य, बेलायतका ३ राज्य, हङकङका धेरै भाग, भारत आदि देश देख्ने मौका पाउनुभएको छ । कलाकारिताबाहेक उहाँले २०२८ देखि २०५१ सालसम्म नेपाल राष्ट्र बैङ्कको जागिरे भएर बिताउनुभयो । बैङ्कको सहायक पदमा कार्यत हुँदा २०३८ सालमा बैङ्कको रजतजयन्तीका अवसरमा प्रदर्शित नाटकमा उत्कृष्ट प्रदर्शन गरेवापत दुई ग्रेड वृद्धि भयो । २०४२ सालमा नेपाल टेलिभिजनको औपचारिक प्रसारण सुरु भएयता निरन्तर नेटीभीमा अभिनय गर्ने महिलाकलाकार उहाँमात्रै हुनुहुन्छ । उहाँको पहिलो टेलिश्रृंखला अप्रील फर्स्ट हो । उहाँ साहित्यमा पनि रुचि राख्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता