Logo

 २ वर्ष भित्र बृद्धभत्ता ५ हजार हुनेछ : माधव नेपाल



नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल(नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन्। भरतमोहन अधिकारी स्मृति फाउण्डेसन काठमाडौं र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा आयोजित भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उनले यस्तो बताएका हुन्।

स्व अधिकारीले शुरुआत गरेको सामाजिक भत्ता दुई वर्षभित्र पाँच हजार पुर्‍याउने प्रतिवद्धता उनले जनाएका हुन्। तर पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै नेता नेपालनिकट मन्त्रीहरु अहिले सरकार बाहिर रहेका छन्। नेता नेपालले यदि सरकारमा गएको खण्डमा उक्त कुरा गर्न सकिने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता