Logo

आफ्नौ जन्मदिने बुवाले लिए तीन महिने छोराको यसरी ज्यान



काठमाडौ । बैतडीमा जन्मदिने बुवाले आफ्नो ३ महिनाका शिशुको ज्यान लिएका छन् । त्यती सानो शिशुले बुबाको कु टा इ सहन नसकेर ज्यान गुमाएका हुन् । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७ खनाडीका तीन महिनाका शिशु लक्ष्मण चन्द रहेका छन् । उनका ४४ वर्षीय बुबा राजबहादुरले लक्ष्मणको ज्यान लिएका हुन् ।

राजबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । ‘‘सु ति रहेका छोराको टाउकोमा हा ने को प्रहरीले जनाएको छ ।

यस्तै राजबहादुरले आजै आफ्ना ७० वर्षीय बुबा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत हात पात गरेका छन् । लक्ष्मणमाथि आ क्र म ण गरिरहेका बेला नगर्नु भनेर गएका बुबा र भाइमाथि पनि उनी जाइलागेका हुन् ।

बुबाको टाउकामा चो ट रहेको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भाइलाई सामान्य चोट लागेको छ । तीन छोरी पछि जन्मिएका छोराको राजबहादुरले ज्यान लिएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता