Logo

बर्दियामा फेरी बाघले मान्छे लग्यो, यस्तो अवस्थामा फेला पर्यो



काठमाडौ । बर्दियामा बाघले फेरी एक जना पुरुषलाई लगेको छ । भैंसी चराउन गएका बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरी सोमवार देखि हराएका थिए । उनलाई बाघले लगेको बताइएको थियो । सोमवार उनको शव जंगलमा फेला परेको छ।

परिवारले सोमबारदेखि उनको खोजी गरेका थिए । उनी हराए लगत्तै सो क्षेत्रमा बाघ समेत देखिएको थियो । प्रहरीले निकुञ्जको सेना सहितको टोली तत्काल खोजीमा जान समेत डराएका थिए ।

मंगलवार भने उनको शवजंगलमा फेला परेको हो। राजापुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष दयाशंकर थारूका अनुसार उनको शव हेर्दा बाघले आ क्र म ण गरेको देखिएको छ । घाँटी र कम्मर मा चिथोरेको निसान छ ।

उनी हराएपछि निकुञ्ज सुरक्षामा रहेको सेना, प्रहरी र स्थानियले ‘हात्तीसहित निकुञ्जमा खोजी थालिएको थियो । निकुञ्जको टोलीले खोजी गर्दा भैंसी चराएको ठाउँ नजिकै शव फेला परेको हो।’

शवलाई पोस्टमार्टमका लागि लगिएको बताइएको छ । राजापुर वडा नम्बर १० का चौधरी भैंसी चराउन गेरूवा गाउँपालिका वडा नम्बर ६ स्थित बाझपुर गेरूवा पुगेका थिए। बर्दियामा बाघका कारण सर्वसाधारणको ज्यान खतरामा परेको छ । यस अघि पनि स्थानियले बाघकै कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता