Logo

प्रधानमन्त्रीलाई ज्यानको खतरा ! भन्छन्, ‘ मेरो ज्यान तलमाथि हुनसक्छ, म रहिन भने पनि अन्यथा नमान्नुहोला’



पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान खतरामा रहेको जनाएका छन् । उनले आफुलाई तलमाथि भयो भने अन्यथा मान्न नहुने बताएका छन् ।

पोखरामा शनिबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ओलीले विकासका कामहरू देखेर देशी विदेशी तत्त्वले यस्तो गर्न सक्ने अनुमान गरेका छन् ।

ममाथि शारीरिक ह म ला भएर तल–माथि भए पनि अनौठो नमाने हुन्छु, उनले भने, ‘तर त्यस्तो हुने छैन । सर्तकता अपनाएका छौं । प्रतिक्रियावादीसँग हामी घुँडा टेक्दैनौं । देशको भविष्यमा अन्धकारमा जान दिँदैनौं ।’

यस्तै, उनले आफूमाथि शारीरिक ह म लाको हुनसक्ने लख पनि काटे । प्रशिक्षण कार्यक्रममा भने, “अन्यथा नमान्नुहोला, ममाथि शारीरिक ह म ला नै भयो, मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला । तर त्यस्तो हुँदैन । म रहिन भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ, विचार छ ।”

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता