Logo

काठमाडौ कोटेश्वरको सहकारीमा श्रीमानले ऋण तिरे, राती त्यही पैसा श्रीमतीले लुटिन्



काठमाडौ । काठमाडौंको कोटेश्वरमा अनौठो घटना भएको छ । श्रीमानले सहकारीमा तिर्नुपर्ने ऋणको पैसा तिरेकै दिन उनकै श्रीमतीले सहकारीको दराज फोडेर पैसा चोरेकी छन् । श्रीमती सहकारीको लेखापाल हुन् । कोटेश्वर स्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थामा यस्तो घटना भएको हो ।

लेखापाल रहेकी सावित्री सुवेदीले श्रीमान कपिल खड्काको सहयोगमा सहकारी लुटपाट गरेकी हुन् । उनीहरु दुवै जनालई प्रहरीले पक्राउ गरेको छ । उनले श्रीमानसँग मिलेर सहकारीको १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

गत माघ २५ गते साँझ ५ बजेपछि र २६ गते बिहान ७ बजेभित्र रकम चोरीएको हुनसक्ने कर्मचारीको भनाई छ । तर कर्मचारीले भने २६ गते बिहान कार्यालय पुगेपछि मात्रै थाहा पाएका थिए। कार्यालय खुल्लै रहेको र भित्र रहेको दराजको साँचो पनि खोलिएको देखेपछि घटनावारे प्रहरीलाई जानकारी गराइएको थियो ।

रकम राख्ने कोठा र दराजको चाबी सहकारीका अध्यक्षसँग मात्रै थियो। तर पनि सहकारी तोडफोड नगरी चाबी खोलेरै चोरिएको पाइएपछि प्रहरीले सुरुदेखि नै त्यहीँका कर्मचारीमाथि बढी आशंका गरेको थियो।

२५ गते बैंक बन्द भइसकेपछि एक ऋणीले १० लाख रुपैयाँ बुझाएको रेकर्डमा देखिएको थियो । उनी सावित्रीकै श्रीमान् भएको प्रहरी अनुसन्धानमा देखिएपछि प्रहरीले शंका उनीमाथि गरेको हो । बाँकी रकम बजारबाट संकलन गरेर जम्मा भएको थियो।

सावित्रीका दम्पतीले भक्तपुरको ठिमीमा घर बनाउँदा सहकारीबाट ऋण लिएका थिए। सोही ऋण उनका श्रीमानले तिरेका हुन् । श्रीमानले ऋणको पैसा तिर्नु अघि नै सावित्रिले नक्कली साँचो बनाएको पनि खुलेको छ ।

सहकारीका अध्यक्षलाई गत कात्तिकमा कोरोना भएको थियो। त्यही बेला सावित्रीले नक्कली चाबी तयार गरेको प्रहरी अनुसन्धानमा पाइएको छ। सुरुमा अस्वीकार गरे पनि अहिले उनीहरुले गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता