Logo

प्रविन बाँस्तोला प्रकरण स् थप एक जना पक्राउ



काठमाडौं । बहिनी सदिक्षा बास्तोलाको आन्दोलन र दवाव पछि मोरङको उर्लाबारीका प्रविन बाँस्तोला निधन प्रकरणमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले आइतवार थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई पक्राउ गरेको जनाएको छ । निधन भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेका थिए ।

उर्लाबारी–५ घर भएका प्रविनको घटना आरोपी गिरीलाई आइतबार पक्राउ गरिएको हो । पुस ४ मा म दि रा को न शा मा साथीहरूसँगै सुतेका प्रविन विहान अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । स्थानिय गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृत्यु भएको दिन प्रविन आफ्ना साथी सुदिप परियार, मेहरमान दर्जी र दीलिप पौडेलको डेरामा थिए । त्यहाँ ३१ वर्षीय राजेश रणपहेली पनि सँगै थिए । प्रविन बास्तोलाको ज्या न लि ए को आरोपमा उपस्थित गराइएका दुई जनामध्ये एक जनालाई अदालतले थु ना मा पठाएको छ । बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थु ना मा पठाउने आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । कुमार स्थानीय सौरभी होटलका सञ्चालक हुन् । घटनामा संलग्नमध्ये ३ जना फ रा र छन् । मृ त कका आफन्तले प्रहरी अनुसन्धानमा प्रश्न उठाएपछि डिएसपी मानबहादुर राईको नेतृत्वमा छानविन समिती गठन गरिएको छ । समितीले सोमबार प्रतिवेदन बुझाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता