Logo

बेलायतमा ओरालो लाग्दै कोरोनाको खोप, दुई करोडले लगाए



लन्डन । बेलायतमा कोरोनाको र मृतक संख्या निरन्तर ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो तथ्याँक अनुसार कोरोना संक्रमण दरमा करिब ४० प्रतिशतले कमी आएको बताइएको छ । आइतबार थप ६ हजार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । दैनिक संक्रमित संख्या गत सेप्टेम्बर यताकै सबैभन्दा कम हो । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४१ लाख ७६ हजार ५५४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप १४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक मृतक संख्या पनि धेरै पछिको सबैभन्दा न्यून हो । तर, सामान्यतया आइतबार र सोमबार सार्वजनिक गरिने तथ्यांकमा वास्तविक भन्दा कम हुने गर्दछ । यससँगै बेलायतमा हालसम्म एक लाख २२ हजार ८४९ जना कोरोना संक्रमितको निधन भएको छ ।

बेलायतमा हालसम्म कोभिडविरुद्धको खोपको पहिलो डोज लगाउनेको संख्या दुई करोड नाघेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीट गर्दै भनेका छन् ‘बेलायतमा २० मिलियनले खोपको पहिलो डोज लगाउन सफल भएका छन्, यो विशाल राष्ट्रिय उपलब्धि हो । एनएचएस कर्मचारी स्वयंसेवक, सशस्त्र बल र अन्य थुप्रैले गरेको अथक प्रयासको प्रमाण हो ।‘

उनले भनेका छन् म सबैलाई आग्रह गर्न चाहन्छु कि, खोपको लागि बोलाउने बित्तिकै तत्कालै खोप लगाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् । प्रत्येक खोपले कोभिड विरुद्धको लडाईमा ठूलो मद्दत गर्दछ ।‘ जोन्सनले ट्वीटमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता