Logo

योगेश भट्टराई सवार गाडिले साइकलयात्रीलाई ठक्कर दियो



रौतहट(नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले साइकल यात्रीलाई ठक्कर दिएको छ ।

आइतबार रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते छन्। देश संचारका अनुसार जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्री घिमिरेलाई ७स्१५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार घाइते घिमिरेलाई चपुरस्थित सिभिल अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ। तर यात्रुको अवस्था गम्भीर देखिएपछि काठमाडौंको बीएण्डबी अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पार्टी एकताका लागि पहल गर्छौँ स् भट्टराई

पाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीलाई एक बनाउन आफूहरुले प्रयास गर्ने बताएका छन्।प्रेस सङ्गठन नेपालको प्रदेश नं। २ स्तरीय भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले नेकपामा एकता चाहनेको संख्या अधिक भए पनि केही व्यक्तिका कारण पार्टी अप्ठ्यारोमा परेको बताए।

नेता भट्टराईले भने, “नेकपा एक होस् भन्ने धेरैको चाहना छ तर केही व्यक्तिको हठका कारण पार्टी अहिले जटिल परिस्थितिमा फसेको छ।” उनले गत चुनावमा पार्टी एक भएकै कारण चुनाव जितिएको स्मरणसमेत गरे।

कार्यक्रममा नेकपाका नेता रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत महत्वकांक्षाका कारणले पार्टी अप्ठ्यारोमा पुगे पनि सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता