४४ दिनको छुट्टीमा घर आएका ईण्डियन आर्मी विवेकको बाइक दुर्घटनामा निधन

तनहुँको व्यास २ मालेबगर निवासी विवेक थापा मगरको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको ग १९ प २७३ नम्बरको मोटरसाइकल रोडमै प ल्टिँ दा २२ वर्षीय विवेक ज्यान गएको हो ।
टाउकोमा चो ट ला गेका उनलाई दमौली अस्पताल लागिएकोमा चिकित्सकले मृ त घोषणा गरेको बताइएको छ । बाइक पछाडि सवार २० वर्षीया रजनी गुरुङको दमौलीमा उपचार भईरहेको छ । सडक चिप्लो भएकाले मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको आशंका गरिएको छ ।
थापा ईन्डियन आर्मी रहेको र ४४ दिनको छुट्टिमा घर आएको बताइन्छ । केही वर्ष अघि सोहि ठाउँ नजिकै २ जना ईण्डियन आर्मी युवकको पनि बाइक दुर्घटनामा निधन भएको थियो । तस्विरः सुमन श्रेष्ठको फेसबुकबाट
यो पनि , तनहुँको व्यास नगरपालिकामा मोटरसाइकल दुर्घटनामा युवकको निधन
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको निधन भएको छ । दुर्घटनामा एक युवती घाइते छन् ।
मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते छन् ।
दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टा उ कामा चो ट ला गेको थियो । विवेकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।