गर्भ नि’रोधक औ’षधिले बिगार्न सक्छ अनुहार

एजेन्सी । अनुहारमा आउने दागधब्बा, चायाँपोतो र डन्डिफोरको कारण बढ्दो उमेर मान्ने गरिन्छ । बारम्बार एउटै गल्ती गर्ने कारण पनि डन्डिफोरको समस्या आउने गर्छ ।
डन्डिफोर र अनुहारमा आउने अन्य समस्याको कारण तनाव, गलत खानपान, मेकअप र वायु प्रदुषण मान्ने गरिन्छ । तर, यसको अर्को सबैभन्दा ठूलो कारण गर्भ निरोधक औषधि हो ।
गर्भ रहनबाट बच्नका लागि प्रयोग गरिने औषधिले शारीरिक स्वास्थयका साथसाथै अनुहारको सुन्दरतामा पनि ह्रास ल्याउँछ ।
यस्ता औषधिले शरीरमा बन्ने हर्मोनमा पनि नराम्रो असर पार्छ । जसले हर्मोनलाई असन्तुलित गराउँछ । जसको कारण अनुहारमा दागधब्बा, एक्नी, तैलियपना र डन्डिफोर जस्ता समस्या ल्याउँछ ।
यसका साथै, कस्मेटिक सामानको धेरै प्रयोगले पनि डन्डिफोर आउँछ । कहिलेकाँही महिलाहरु पूरा दिन र रातमा मेकअप गरेर बस्छन् जसका कारण अनुहार खराब हुन्छ ।