घट्यो सुनचाँदीको मूल्य, तोलाको कति

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुन तोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।