Logo

प्रचण्ड–माधव पक्षलाई छोडेर यी सांसद आइन ओली पक्षमा



प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पुष ५ गते अपरान्ह साढे तीन बजे दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएकी नेकपाकी सांसद माया ज्ञवाली ओली पक्षमा खुल्नु भएको छ ।

अविश्वासको प्रस्ताव पुरानो भएको भन्दै उहाले आफू प्रचण्ड–माधव पक्षमा नरहेको घोषणा गर्नुभएको हो । ज्ञवाली पुनःस्थापित प्रतिनिधिसभामा समानुपातिक सांसद हुनुहुन्छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये ९० जनामा उहाको पनि नाम थियो ।

‘म केपी ओली नेतृत्वको पार्टीमा छु र पार्टी एकता होस् भनेर वामदेव गौतम कमरेडलाई पनि साथ दिएकी हुँ । संसदमा भोलि के प्रस्ताव आउँछन् त्यो फरक कुरा हो, तर म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा छु अहिले’, उहाले भन्नुभयो । ज्ञवाली दासढुंगा दुर्घटनामा निधन भएका तत्कालीन एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी हुनुहुन्छ ।

 

जनताटाइम्सले यसअघि नै प्रचण्ड–नेपाल पक्षमा रहेका सात सांसद ओली पक्षमा खुल्ने समाचार प्रकाशन गरेको थियो । त्यसमध्ये एक जना आज खुल्नु भएको हो । स्रोतका अनुसार यो संख्या अझै बढ्न सक्नेछ । कतिपय सांसद अहिले पनि वार्ता कै क्रममा रहेकाले प्रतिनिधिसभा बैठक बस्नु अघि धेरै सांसद ओलीको पक्षमा खुल्नु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता