Logo

गृहमन्त्रीको ज्या’न लिने प्रयास



लिबियाको राष्ट्रसंघ समर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको ज्या न लि ने प्रयास भएको छ । राजधानी त्रिपोलीको पश्चिममा जन्जुर जिल्लामा रहेको आफ्नो निवासबाट मन्त्रालयतर्फ आउँदै गर्दा गृहमन्त्री फाथीमाथि अ ज्ञात ब न्धुक धा रीले गो ‘ली च ला एको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मन्त्रीको सवारीलाई लक्षित गरी टोयोटा गाडीमा सवार व्यक्तिहरुले मेसिन गन प्रयोग गरेर आ क्र म ण गरेका थिए । मन्त्री बाशाघाका अंगरक्षकले प्रतिकारमा गो’ ‘ली चलाएका थिए जसबाट एक जना ब न्दुध का रीको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना पक्राउ परेका थिए ।

सन् २०११ मा लिबियाका तत्कालीन नेता मोउमर गद्दाफीको शासन पतन भएयता लिबियामा असुरक्षा र अस्थिरता व्याप्त छ । एजेन्सी ।

भारतमा १ करोड ४२ लाख भन्दा बढी कोरोना बिरुद्ध खोप लगाए

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका छन् । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइने अधिकारीको भनाइ छ ।
केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा गत बुधबार जानकारी दिनुभएको थियो ।

सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेले भने आफैँले रकम तिर्नुपर्ने व्यवस्था गरिएको उहाँले बताउनु भएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११३ जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ४८८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ७९ हजार पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

कोरोनाभाइरस शुरु भएयता हालसम्म भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार ९३८ जना पुगेको छ । हाल भारतमा एक लाख ५९ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने १ करोड ७ लाख ६३ हजार भन्दा बढी कोराना मुक्त भएका छन् ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर २१ करोड ५४ लाख ३५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शुक्रबार एकै दिनमा मात्र सात लाख ७३ हजार ९१८ जना व्यक्तिको कोभिड¬–१९ परीक्षण गरेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता