Logo

डा। बाबुराम भट्टराई प्रधानमन्त्री बन्न सक्छन् !



काठमाडौ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संविधान विघटनको निर्णय असंवैधानिक भनेर फैसला गरेपछि अब नयाँ सरकार गठनको लागि छलफल सुरु भएको छ । आन्दोलनरत नेकपाका प्रचण्ड नेपाल समुहले सरकार गठनको लागि सबै पार्टीका नेताहरुसंग छलफल सुरु गरेका हुन् ।

यसै क्रममा प्रचण्ड माधव नेपालले बुढानिलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई भेटेर प्रधानमन्त्रीको अफर गरेको समाचार सार्वजनिक भएको छ ।

नेताहरुसंगको छलफल पछि देउवाले आफ्नो पार्टीमा पनि त्यसवारे छलफल गरेका छन् । विहिवार भएको छलफलमा न्ेपाली कांग्रेसले प्रचण्ड नेपालले चाहे भन्दा विपरित निष्कर्ष निकालेको छ ।

कांग्रेसले अहिले नै सत्ता समिकरणका बारेमा छलफल गर्न नहुने निष्कर्ष बैठकले निकालेको छ । नेकपा कै विवाद समाधान नभएका कारण अगाडीको राजनीतिक घटनाक्रम कसरी जान्छ भन्ने थाहा नभएको बेलामा सत्ता समिकरणका बारेमा छलफल गर्नु हतार हुने निष्कर्ष कांग्रेसले गरेको छ ।

त्यसपछि नेकपाको प्रचण्ड माधव समुहले विहिवार नै पेरिसडाँडामा जसपाका नेताहरुसंग पनि छलफल गरेका छन् । सो छलफलमा जसपाका नेताहरुले नेकपाको विवाद समधान गर्न सुझाव दिएका थिए । उनीहरुले नेकपा पार्टी माथि नै प्रश्न उठाउँदै तपाईहरुको पार्टी कुन हो रु भनेर प्रश्न गरेका थिए । सो छलफल पछि जसपाका राजेन्द्र महतोले आफ्ना पार्टीका संयोजक डा बाबुराम भट्टराई पनि प्रधानमन्त्री हुनसक्ने संकेत गरेका छन् ।

नेकपाको किचलोले कांग्रेसबाट शेरबहादुर देउवाका साथै जसपाबाट बाबुराम भट्टराईको नाम पनि प्रधानमन्त्रीका रुपमा चर्चामा आएको छ । सोही कुरालाई लिएर एक अनलाईनले उनीसंग बाबुराम प्रधानमन्त्री हुने सम्भावनाका बारेमा प्रश्न गरेको थियो । उनले अब बन्ने समिकरण कस्तो हुन्छ त्यसमा आफ्नो पार्टीको पनि भूमिका रहने भन्दै डा भट्टराई पनि प्रधानमन्त्री हुनसक्ने सम्भावना देखाएका छन् ।

डा भट्टराई प्रधानमन्त्री हुने सम्भावना कत्तिको छ रु भनेर गरिएको प्रश्नमा उनले भने, हुनसक्छ नि के छ र। अब कस्तो शक्ति समीकरण बन्छ, के बन्छ त्यो त थाहा भएनन नि त। हाम्रो भूमिका कुन बेला कहाँ के देखिन्छ। यतिबेला पार्टीले आवश्यक निर्णय गर्छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता