Logo

उपत्यकामा कोरोना सगै फेरि देखिन थाल्यो नयां रोग



काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लु देखा परेको छ । शंकास्पद क्षेत्रमा बिहिबार परिक्षण गर्दा पुनः बर्डफ्लुको प्रकोप देखा परेको हो ।

बर्डफ्लुको  देखा परेसँगै अहिले सो क्षेत्रमा पालिएका कुखुरा, चल्ला, अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।

बर्डफ्लुको देखिएपछि अहिले सो क्षेत्र र वरपरका क्षेत्रहरुमा समेत सचेत गराइएको विभागले जनाएको छ ।

अहिले सम्म पाँच वटा फर्ममा बर्डफ्लुको  देखिएको र ती फर्महरुमा पालिएका कुखुरा, चल्ला र दाना समेत नष्ट गरिएको तारकेश्वर नगरपालिकाले जनाएको छ ।

बर्डफ्लुको संक्रमण अन्य क्षेत्रमा समेत फैलन सक्ने भन्दै अहिले नागरिकमा सबैमा सचेत रहन र कुखरा जन्य वस्तुको किन बेच नगर्न समेत सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता