Logo

बर्दियामा पाहुना आएका एक किशोरले भाँडाकुटी खेलीरहेका चार बालिका माथि कर णी



 

 

काठमाडौ । दिनहुँ माहिला माथि हुने घटनाले समाचारका पाना भरिन थालेका छन् । आफ्नै परिवार भित्र महिला असुरक्षित भएका घटनाले अभिभावकको मनमा डर प्रवेश गरेको छ । हालै बर्दियामा अर्को एक घटना सार्वजनिक भएको छ ।

१४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई कर णी गरेको घटना सार्वजनिक भएको छ। ती किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५, ५ वर्षका नाबालिका कर णी गरेको बालिकाका अभिभावकले जनाएका छन् ।

आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाँसगढीमा आफन्तकहाँ पाहुना आएका थिए। उनले कसैलाई नभन्न चेतावनी दिएपछि बालिकाहरूले घटना लुकाएका थिए। तर, घटनाबाट जोगिएकी एक बालिकाले अभिभावकलाई सबै कुरा बताएपछि वास्तविकता बाहिरिएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

उनीहरू फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए। ‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए। पाहुना आएका किशोरले नजिकैको ट्रेलरबाट टालाटुली लगेर बालिकाको हात र खुट्टा बाँ धे अनि पालैपालो कर णी गरेछन्, एक बालिकाका बुवाले घटना विवरण सुनाउँदै भनेका छन् ।

बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्। घटना मिलाउन खोजेर अनुसन्धानमा एकदम ढिलासुस्ती भएको बालिकाका अभिभावकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता