Logo

कांग्रेस पदाधिकारी बैठकले निकाल्यो प्रचण्ड नेपाललाई झट्का लाग्ने निष्कर्ष



काठमाडौ । सर्वोच्च अदालतको फैसला पछि नयाँ सरकार गठनको तयारी थालेका आन्दोलनरत नेकपाका प्रचण्ड नेपाल पक्षलाई झट्का लाग्ने निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्दै नयाँ प्रधानमन्त्री खोजीमा रहेका प्रचण्ड नेपालले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको समाचार सार्वजनिक भएको थियो ।

तर विहिवार बसेको कांग्रेस पदाधिकारीको बैठकले सत्ता समीकरणबारे अहिले छलफल गर्ने अवस्था नै नआएको निष्कर्ष निकालेको छ । बुधवार बुढानिलकष्ठ स्थित देउवा निवासमा पुगेर प्रचण्ड नेपालले देउवासंग सत्ता साझेदारीवारे छलफल गरेका थिए । देउवाले त्यसवारेमा पार्टीमा छलफल गरेर निर्णय दिने बताएका थिए ।

त्यस लगत्तै बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले नेकपाको अवको अवस्था हेरेर मात्र अगाडि बढ्ने निर्णय गरेको सहमहामन्त्री डा। प्रकाशशरण महतले बताए।

उनले नेकपाको अबको यात्रा, संसद् बैठकपछिको परिस्थिति आदि हेरेर मात्रै कांग्रेसले निर्णय लिनुपर्ने भएकाले अहिले नै सत्ता समिकरणका बारेमा छलफल गर्नुपर्ने बताए। सत्ता समीकरणका बारेमा छलफल गर्न हतार हुने निष्कर्ष बैठकले निकालेको उनको भनाई छ ।

‘कम्युनिस्ट पार्टीको संसदीय दलको नेता अहिले सम्म ओली नै भएको अवस्थामा नेकपा पार्टी एकै रहन्छ अथवा अर्को परिस्थिति आउँछ भन्ने कुरा निश्चित नभएकाले अहिले नै कांग्रेसले सत्ता समिकरणका बारेमा सोच्न नमिल्ने उनको भनाई थियो ।

संसदको बैठक पछि उत्पन्न परिस्थिती हेरेर मात्र कांग्रेसले निर्णय लिने नेता महतले बताएका छन् । सभापति देउवालाई प्रचण्ड–माधव समूहले प्रधानमन्त्री हुन प्रस्ताव गरेकोबारे पत्रकारले राखेको प्रश्नमा उनले त्यसको कुनै अर्थ नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता