Logo

गर्भमा शिशु भएको बेला श्रीमानले यस्तो काम गरिदिंदा महिलाले जन्माइन मृत शिशु



काठमाडौं । भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको धा ‘रि ‘लो ह ‘ति ‘या’ रले यसकारण ह म ला गरे किनभने उनी गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न चाहन्थे ।

घाइते महिलालाई ग म्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार गर्दै मृत शिशुको जन्म भएको छ भने र प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

बदायूंका एसएसपी संकल्प शर्माले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘घाइते महिलाको भाइको तर्फबाट ऊजुरी पाइएको छ र त्यसै आधारमा मु द्दा दर्ता गरेर अभियुक्तलाई गि रफ्तार गरिएको छ । यद्यपि, सबै पक्षसँग घटनाबारे जानकारी लिइँदैछ र त्यसैको आधारमा थप कारवाही गरिनेछ ।’

बदायू जिल्लाको सिभिल लाइन्स थाना क्षेत्रको नेकपुर मोहल्लेमा बस्ने पन्नालालले आफ्नी गर्भवती श्रीमती अनिताको पे ट हँ सि या ले का टि दि एको आ रोप छ ।

अनिताको परिवार अनुसार पन्नालाल श्रीमतीको गर्भमा रहेको छैटौं सन्तान छोरा हुन् वा छोरी भनेर हेर्न चाहन्थे । पन्नालालकी श्रीमतीकी बहिनी रेखाले मिडियासँगको कुराकानीमा पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मियोस् भनेर उनी चाहँदैनन् ।

रेखा भन्छिन्, ‘पन्नालालको आफ्नी श्रीमतीसँग यसबारे धेरैजसो झ ग डा भइरहन्थ्यो । उनले अनितामाथि कु ट पि ट पनि गर्ने गर्दथ्यो । केहि दिन अघि पनि उनले अनितालाई यसै गरे ।’

अनिताका भाइ राजिवका अनुसार बरेलीमा डाक्टरको सल्लाहमा अनितालाई आइतबार दिल्ली लगिएको छ किनभने उनको स्थिती ग म्भीर छ । राजिव पनि उनीसँगै छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता