Logo

यसकारण अचानक रोकियो ओली पक्षको स्थायी कमिटी बैठक



काठमाडौं । आज बस्ने भनिएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । बैठक बिहान साढे ८ बजे भनिएको थियो । गृहकार्य पूरा नभएको भन्दै बैठक स्थगित गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक एक–दुई दिनपछि बस्ने बताए ।

बुधबार बसेको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने निर्णय गरेको थियो । बैठकले पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता