Logo

मृतकको डिम्याट खाताबाट आईपीओ



गत साता एउटा मर्चेन्ट बैंकिङ कार्यालयमा सेयर नामसारीका लागि एक व्यक्ति आए । उनी पाँच महिनाअघि निधन भएकी श्रीमतीका नाममा रहेको सेयर नामसारीका लागि आएका थिए ।

तर उनको डिम्याट खातामा निधन पछि निस्कासन भएका प्राथमिक सेयर (आईपीओ) पनि थिए । मर्चेन्टका कर्मचारीले निधन भएको र आईपीओ निष्कासनको मिति दाँजेर हेर्दा पत्ता लाग्यो ।

ती व्यक्तिले श्रीमतीको निधनपछि पनि मृतककै खाताबाट –मेरो सेयर० मार्फत सेयर भर्दै आएका रहेछन् ।

चार महिनाअघि सेयर नामसारीकै लागि अर्का एक व्यक्ति सेयर रजिस्टार कार्यालय पुगे । ती व्यक्ति डेढ वर्षअघि निधन भएका बुवाको नाममा रहेको सेयर आफ्नो नाममा नामसारीका लागि आएका थिए । बुवाको निधन पछि पनि ती व्यक्तिले मृतकको नाममा सेयरमा लगानी गर्दै आएका रहेछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता