Logo

मौसमको चेतावनी, यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा



काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसमी विवरण सहितको बुलेटिन सार्वजनिक गरेको छ । महाशाखाले केही प्रदेशमा वर्षा हुने भएकाले सतर्क रहन सुझाव दिएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहि अन्य भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ।

बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदलीको रही बाँकी भू९भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशका पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता