Logo

माधव नेपालले ल्याए ओलीसंग मिल्न नयाँ प्रस्ताव



काठमाडौँ । सर्वोच्च अदालतले संसद विघटनको निर्णय उल्ट्याइदिएपछि नेकपामा अब पार्टी एकताको कुरा उठ्न थालेको छ । फैसला पछि अब तिब्र राजनीतिक ध्रुविकरण हुने भएकाले यसले मुलुकलाई फाइदा नगर्ने कुरा दुवै पक्षका नेताहरुले बुझेका छन् । त्यसैले दुवै पक्षका नेताहरुले पार्टी एकताको कुरालाई उठाउन थालेका छन् ।

आन्दोलनरत नेकपा समुहका अध्यक्ष माधवकुमार नेपालले पनि पार्टी एकता सम्भव भएको बताएका छन् । तर त्यसका लागि प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्ने उनको भनाई छ । उनले पार्टी एकताको प्रयास नयाँ सिराबाट अघि बढ्ने बताएका छन्। सर्वोच्चको फैसला लगत्तै प्रधानमन्त्री ओली पक्षीय नेता महेश बस्नेतले पनि सोही कुरा उठाएका थिए ।

उनले सर्वोच्चको फैसलाले पार्टी एकताको नयाँ विकल्प पनि खुला भएको प्रतिकृया दिएका छन् । तर त्यसका लागि केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्ने उनको माग छ ।

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएको खण्डमा सोही अनुसार पार्टी एकताको प्रयास नयाँ सिराबाट अघि बढ्न सक्ने र सोही अनुरुप आफूहरुको रणनीति तयार हुने पनि उनले खुलासा गरेका छन् । संसद अधिवेशन अघि नै ओलीले राजिनामा दिनुपर्ने नेपालको भनाई छ ।

आफै राजीनामा नदिएमा अविश्वासको प्रस्तावबाट ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पनि उनले बताए । दाहाल–नेपाल समूह ओलीलाई हटाएर दाहाललाई प्रधानमन्त्री बनाउने रणनीतिमा छ । तर दाहालले आफू प्रधानमन्त्री नबन्ने सार्वजनिक घोषणा गरिसकेका छन्।

दाहालले बुधवार नै नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई भेट्ने कार्यक्रम समेत तय भइसकेको छ । चितवनमा रहेका दाहाल र नेपाल बुधबार काठमाडौँ आउँदै छन् । चितवनवाट फर्केपछि दाहालले देउवालाई भेट्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता