Logo

अचानक प्रचण्ड उत्साहित हुँदा ओली निरास रु पाए यस्तो संकेत !



काठमाडौ । संसद विघटन विरुद्ध आन्दोलनमा उत्रिएका नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय निकै उत्साहित देखिएका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीको भने बोली फेरीएको आँकलन गर्न सकिन्छ । केही दिन अघि सम्म संसद पुनस्र्थापना हुनै नसक्ने भनेर भाषण गर्ने प्रधानमन्त्री ओली पछिल्लो समय संसद पुनस्र्थापना भएपनि आफ्नो राजनीति नसकिने अभिब्यक्ति दिन थालेका छन् ।

विराटनगरमा आयोजित कार्यक्रममा त ओलीले संसद पुनस्र्थापना भए आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । संसद विघटन सम्बन्धी विषयमा सर्वोच्च अदालतवाट फैसला आउने दिन नजिकिदै जाँदा प्रचण्ड र ओलीको अभिब्यक्ति पनि परिवर्तन हुन थालेको छ । प्रचण्ड उत्साहित देखिएका छन् भने ओली शसंकित भएको अनुमान लगाउन सकिन्छ ।

नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदम सच्याएर संसद पुनर्स्थापना गर्ने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुलाई विश्वास रहेको बताए।

ुसर्वोच्चले संसद पुनस्र्थापना गर्नसक्ने संकेत पाएकै कारण नेताहरुको यस्तो अभिब्यक्ति आएको हुनसक्ने चर्चा गरिएको छ । जन यु द्ध र जनआन्दोलनको बलमा संविधानसभाबाट निर्मित संसवधानको बलमा निर्वाचन आयोग, सर्वोच्च अदालत लगायतका संवैधानिक निकायहरुले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन् भन्ने हाम्रो पूरा विश्वास छ’,

अध्यक्ष प्रचण्डले उत्साहित हुँदै भने, ‘अदलतमा बहस सकियो, आजबाट हेर्दाहेर्दैका छ। कुनै पनि बेला अदालतबाट संविधान मिच्ने र संसदलाई विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदम सच्चिन्छ र संसद पुनर्स्थापना हुन्छ भन्ने हामीलाई पूरै विश्वास छ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता