Logo

बुहारी र नाती मिलेर ७६ वर्षका ससुराको ह ‘त्या



काठमाडौ । पारिवारिक वि वा दमा कञ्चनपुरमा एक वृद्धले ज्या न गु मा उनु परेको छ । घरायसी वि वा द उग्र हुँदै गएर बुहारी र सासु मिलेर वृद्ध माथि जा इ लाग्दा उनको ज्या न ग ए को हो । ७६ वर्षका वृद्धको कु टा इ सहन नसकेर निधन भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–२ पशुपती टोल बस्ने ३५ वर्षीया सिता थापा र उनका छोरा १८ वर्षीय अर्जुनले बृद्ध ससुरालाई कु टे का हुन् । ७६ वर्षीय प्रेम थापाको निधन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाका अनुसार माघ २८ गते घरायसी वि वा दका क्रममा थापामाथि चि र्प टले हा ने का थिए । बृद्धलाई ग म्भि र अवस्थामा अस्पताल लगिएको थियो ।

घा इ ते थापाको उपचारका क्रममा सोमबार महाकाली अस्पतालमा निधन भएको प्रहरी नायब उपरीक्षक थापाले बताए। उनको निधन पछि बुहारी र नातीलाई प्रहरीले प क्रा उ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फाइल फोटो

यो अर्को समाचार, पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने
विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पुरोहितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

बालविवाह र बहुविवाह न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा पुरोहितहरुका लागि यहाँ आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा उहाँहरुले बेहुला र बेहुलीको उमेर २० वर्ष नाघेको छ वा छैन अथवा पहिलो विवाह हो वा दोस्रो वा तेस्रो, त्यो सोधपुछ गरेर मात्र विवाहको काम गर्न सहमत भएको बताए।

“बालविवाह र बहुविवाह न्यूनीकरणका लागि पुरोहितहरुको भूमिका महत्वपूर्ण हुने भएकाले वरबधुको जन्मदर्ता र नागरिकताको प्रमाण पत्र हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाउन उहाँहरुलाई आग्रह गरिएको छ”, पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले भने, “पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकाले पुरोहितहरूलाई पनि उमेर नपुगेका केटाकेटीको विवाह नगराउन आग्रह गरिएको छ ।”

कानूनले २० वर्ष उमेर नपुगेको विवाहलाई बदर गरेको छ । बालविवाह गर्ने र गराउने व्यक्तिलाई तीन वर्षसम्म कै द र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । त्यसैगरी बहुविवाह गर्ने वा गराउनेलाई एक देखि पाँच वर्षसम्म कै द र रु १० देखि ५० हजारसम्म जरिवानाको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता