Logo

प्रचण्डले भने ‘नेपाली जनतालाई बधाई छ’



काठमाडौ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापनाको गर्ने सर्वोच्च अदालतको फैसला स्वागत गरेका छन्।

मंगलबार साँझ सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेपछि अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसला नेपाली जनताको पक्षमा भएको र जनताको जित भएको बताए।

‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, उनले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाईं छ।’ सवोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन परमादेश समेत जारी गरेको छ।

सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक १३ दिनभित्र बोलाउन परामादेश जारी गरेको छ। मंगलबार साँझ संसद् विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक १३ दिनभित्र बोलाउन सरकार, सभामुख र राष्ट्रपतिका नाममा परामादेश जारी गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाव १७ र २७ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता