Logo

ईरानमा महिलाको निधन पछि शवलाई पुनः दिइयो मृ’त्यु’दण्ड



 

एजेन्सी । इरानमा मृत्युदण्डको प्रतीक्षा गरिरहेकी महिला जहरा इस्माइलीको हृदयघातका कारण निधन भएपछि उनको श’वलाई फाँसी दिइएको छ । इरानमा शरिया कानूनलाई पालना गर्दै शवलाई फाँसी दिइएको हो ।

मृ’त्युदण्ड दिने बेला महिला उभिएको कुर्सी हटाउने अधिकार पीडितकी आमालाई दिइएको थियो । यही अधिकार सदुपयोग गर्नका लागि उनलाई फाँसी दिइएको वकिलले दाबी गरे ।

दोषीका वकिल ओमिद मुरादीका अनुसार जहरालाई कुनै पनि मूल्यमा फाँसी दिनु पर्दथ्यो किनभने उनकी सासु मृत्युको कुर्सी हटाउने अधिकार प्रयोग गर्न चाहन्थिन् ।

जहराका श्रीमान् इरानी गुप्तचर सेवामा अधिकारी थिए । यी अधिकारीले जहरा र छोरीलाई प्रताडित गर्दथे । जहराका वकिलका अनुसार दुई सन्तानकी आमा जहरालाई लाइन लगाएर राखिएको १६ दोषीको पछाडि राखिएको थियो र उनीहरुलाई झुण्डाएको हेर्न बाध्य पारिएको थियो ।

डेली मेलका अनुसार इस्माइलीको त्यति नै बेला मृत्यु भयो । तर उनीहरुले जहराको टाउकोलाई कालो कपडाले बेह्रिदिए र उनलाई एउटा कुर्सीमा राखेर डोरी उनको घाँटीमा राखिदिए । त्यसपछि पीडितकी आमा अर्थात् जहराकी सासुले कुर्सी धकेलेपछि उनी झुण्डिइन् ।

आँखाको बदलामा आँखै चाहिने प्रावधानः

जहराकी सासुलाई शरिया कानुन अन्तर्गत यो अधिकार दिइएको थियो जसमा आँखाको बदलामा आँखै चाहिने प्रावधान छ ।

जहरालाई कराज इलाकास्थित कुख्यात रजाई शहरको जेलमा बुधबार फाँसी दिइएको खबरमा उल्लेख छ ।

स्मरण रहोस्, मृ’त्युदण्डको सजाय दिने विषयमा इरान चीनपछि दोस्रो नम्बरमा आउँछ । यद्यपि, इरानमा एकैपटक १७ जनालाई मृ’त्युदण्ड दिने आफैंमा असामान्य हो ।

संयुक्त राष्ट्रको रिपोर्ट अनुसार इरानमा अघिल्लो वर्ष २३३ जनालाई मृ’त्युदण्ड दिइएको छ । यीमध्ये तीन अ”राधी किशोर थिए तर पनि उनीहरुलाई मृत्युदण्ड दिइयो । इरानमा मादक पदार्थको तस्करीका लागि पनि मृ’त्युदण्डको स’जाय छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता