Logo

मामाको विवाहमा आएका २ वर्षका बालकको नालामा डु बे र निधन



काठमाठौ । सप्तरीमा दुखद घटना भएको छ । मामाको विवाहमा रमाउन आएका एक बालक सदाका लागि अस्ताएका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदहमा यस्तो घटना भएको हो । मामाको विवाहमा रमाउन आएका बालक नालामा डु बे का हुन् ।

उनी मामाघर आफ्नो मामाको बिहेमा सहभागी हुन अभिभावकसँग आएका थिए । प्रहरीले बालकको नालामा डु बे र निधन भएको जनाएको छ ।

भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको गिदरमारी बस्ने बिनोद मेहताका अढाई वर्षीय छोरा राजेश आइतबार दिउँसो नालमा डु बे को अवस्थामा फेला परेका थिए । परिवारले देख्दा उनको निधन भइसकेको थियो ।

सप्तरी प्रहरीका प्रबक्ता भुवनेश्वर साहले जानकारी दिएअनुसार , मामाको घर पछाडि रहेको धाराको पानी जम्ने खा ल्डो मा डु बे र ती बालकको निधन भएको हो। बालकको श व लाई पो ष्ट मा’र्ट मका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता