ताजा समाचार

पेप्सीकोलामा बसको ठक्करबाट पैदलयात्रीको निधन

काठमाडौं । काठमाडौँ महानगरपालिका¬–३२ स्थित पेप्सीकोलामा बसको ठक्करबाट आज एकको मृत्यु भएको छ । बा ३ ख ९६६१ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने खोटाङको मझुवागढी नगरपालिका १ का ७४ वर्षीय कृष्णबहादुर श्रेष्ठको निधनभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटना गराउने बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच काठमाडौँ महानगरपालिका–६ रामहिटीस्थित सडकमा एक पुरुष आज मृत अवस्थामा फेला परेका र उनको पहिचान नभएको प्रहरीले जनाएको छ ।

दुवै घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । उता चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध तीन हजार ट्याब्लेट, नाइट्राजेपाम, ३०० एम्पुल नुर्फिन, ३०० एम्पुल डाइजेपाम र ३०० एम्पुल प्रोमेथाइजिनसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रौतहटका १९ वर्षीय विवेक महतो रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *