Logo

के प्रधानमन्त्रीले संसद पुनर्स्थापना हुन्छ भन्ने संकेत पाए रु दिए यस्तो अचम्मको अभिब्यक्ति



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि सम्म विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुनै नसक्ने ठोकुवा भाषणमा गरेका थिए । संसद पुनस्र्थापना हुन्छ भन्ने दिवा सपना नदेख्न आफ्ना विरोधीलाई चेतावनी पनि दिन्थे । तर केही दिन यता प्रधानमन्त्रीको अभिब्यक्ति परिवर्तन भएको देख्न सकिन्छ ।

विराटनगरमा भएको सभामा उनले संसद पुनस्थापना भए आन्दोलन गर्ने चेतावनी समेत दिए । उनले निर्वाचनको माहौल आफुहरुले गरेको सभामा सहभागी भएकाहरुको उपस्थितीले देखाउने भन्दै अदालतले यो अवस्था देखेको हुनुपर्ने अभिब्यक्ति दिएका थिए ।

सोमवार पनि प्रधानमन्त्री ओलीले संसद पुनस्थापना हुने संकेत पाएको हुनसक्ने संकेत देखाएका छन् । कञ्चनपुरको दैजीमा छेला औधोगिक क्षेत्र शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको केही दिनमा अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी विषयमा फैसला गर्ने भन्दै पुनर्स्थापना भएपनि वा नभएपनि आफ्नो राजनीति नसकिने बताएका छन् ।

उनले आफूले अदालतलाई आफ्ना पक्षमा निर्णय गराउन कुनै द बाब नदिएको स्पष्टिकरण दिए । अहिले प्रतिनिधि सभा विघटन भएको छ। देश चुनावतर्फ अघि बढेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘केही मान्छेहरु यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छ’टप’टा’इ’रहेका छन्। तर, हाम्रो राजनीति जे भएपनि सकिँदैन।’

तर विराटनगरमा गरेको सम्बोधनलाई स्मरण गर्दै आफूले आन्दोलन गर्ने भनेर नाराजुलुशतर्फ संकेत नगरेको स्पष्टिकरण दिए ।

‘मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन भनेको थिएँ। उनीहरुले त नारा जुलुश बुझेछन्’, ओलीले भने, ‘राजनीति, अर्थतन्त्र, सामाजिक पक्ष, संस्कृति सबै पक्षको आन्दोलन निरन्तर चलिरहन्छ भनेको हुँ। नारा जुलुश गर्ने, ढुं ‘गा मु’ढा गर्ने आन्दोलन भनेको होइन।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता