Logo

गोरखामा एकै परिवारका तीन जना मृत फेला



एकै परिवारका तीन जनाको ज्या न गएको घटना गोरखा जिल्लाबाट बाहिर आएको छ । त्यहाँको बारपाकमा एकै परिवारका तीन जना मृ त अवस्थामा फेला परेको बताइएको छ ।

सुलिकोट गाउँपालिका १ बारपाकमा एकै परिवारका तीन जना सोमबार बिहान मृ त पाइएका थिए । गोरखाका प्रहरी उपरीक्षक एसपी सुरेन्द्र गुरुङका अनुसार सु ति रहेको अवस्थामा मृ त फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले दिएको जानकारी अनुसार मृ त क मा ८४ वर्षीय तीलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतकुमारी गुरुङ र नातीनी १२ वर्षीया उषा गुरुङ रहेका छन् । अहिले घटनास्थलमा बिहानै प्रहरी पुगिसकेको छ ।

थप अनुसन्धानका लागि प्रहरीको विशेष टोली घटनास्थलतर्फ प्रस्थान गरेको एसपी गुरुङले बताए । उनीहरुको शरीरमा चोटपटक नदेखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता