बिहारमा नेपाली किशोरीको बलात्कारपछि हत्या ९ जनाले आत्मसमर्पण गरे, थानाध्यक्ष अझै फ’रार

बर्दिया। भारतको बिहार राज्यको पश्चिम चम्पारणस्थित कुण्डवा चैनपुरमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेर प्रमाण मेटाउन र शव जलाउन सहयोग गरेका ९ जना आरोपीहरुले आत्मसर्पण गरेका छन् शनिबार कुण्डवा चैनपुर थानामा उनीहरुले आत्समर्पण गरेको बिहार प्रहरीले जनाएको छ ।
एक साताभित्र गिरफ्तारी नदिए घर सम्पत्ती जफत हुने अदालतको सूचनाको म्याद सकिन एक दिनअघि उनीहरुले आत्मसमर्पण गरेका हुन् ।
कुण्डवा चैनपुर नवनियुक्त थानाध्यक्ष मिथीलेश कुमार यादवले कान्तिपुरसँग टेलिफोनमा बताए अनुसार ९ जना मध्ये ४ जनाले बालिकामाथि दुष्कर्म गरी हत्या गरेको आरोप छ ।
घर बेटी सियाराम साहका छोरा विनयमाथि दुष्कर्म र हत्याको अभियोग छ । अन्य सातविरुद्ध जबरजस्ती प्रमाण मेटाउने र जलाएको आरोप छ ।