Logo

नेताका परिवारःश्रीमानहरु ओलीतिर, श्रीमतीहरु प्रचण्ड माधवतिर



काठमाडौं । संसद विघटन पछि अनौपचारीक रुपमा विभाजन भएको नेकपाका कारण अहिले केही नेताका घर पनि राजनीतिक रुपमा विभाजन भएको छ । श्रीमान श्रीमतीले अलग अलग धार समातेका कारण परिवार पनि राजनीतिक रुपमा विभाजन भएको हो ।

यसको असर सिन्धुपाल्चोकका दुई पूर्वमाओवादी नेताको परिवारमा पनि परेको छ । अहिलेका खेलकुदमन्त्री, पूर्व माओवादी नेता एवम् पहिलो संविधानसभाका सदस्य दावा तामाङ र पहिलो संविधानसभा सदस्य एवम् पूर्वमाओवादीका बिग्रेड कमाण्डर राजकुमार श्रेष्ठको परिवार पनि राजनीतिक रुपमा विभाजन भएको छ । श्रीमती प्रचण्ड नेपाल समुहमा छन् भने श्रीमान ओली पक्षमा लागेका छन ।

तामाङ र श्रेष्ठ ओली पक्षीय नेकपामा लागेका छन् भने उनीहरुका श्रीमतीद्वय कुमारी मोक्तान र देवी खड्का प्रचण्ड–माधव पक्षीय नेकपामा खुलेर लागेका छन् । तामाङ वागमती प्रदेशसभाकी सदस्य हुन् भने खड्का पहिलो संविधानसभाकी सदस्य हुन् ।

मोक्तान मकवानपुरकी नेतृ हुन् भने खड्का दोलखाकी नेतृ हुन् । तर यसरी राजनीतिक रुपमा श्रीमान श्रीमती अलग धार भएपनि आफुहरुको सम्बन्धमा भने कुनै असर नगर्ने उनीहरुको भनाई छ । ‘पार्टी फरक भए पनि परिवारमा कुनै समस्या भने छैन उनीहरुको भनाई छ ।

सिन्धुपाल्चोककै नेता एवम् पूर्वमन्त्री शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई पनि यस अघि फरक धारमा थिए । तर शनिबार उनीहरु दुवैले ओली पक्षमा रहेको जानकारी फेसवुक मार्फत दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता