Logo

चर्चित बलिउड नायिका करिना कपुरले आज बिहान जन्माईन दोस्रो बच्चा



एजेन्सी । नायिका करिना कपुरले आज बिहान आफ्नो दोस्रो बच्चा लाई जन्म दिएकी छिन । दोस्रो सन्तानका रुपमा पनि छोरालाई नै जन्म दिएकी हुन् । आज बिहान १०स् ५४ बजे दोस्रो सन्तान जन्माएकी हुन् । ठूला छोरा तैमुर ४ वर्षको पुग्दा करिना र सैफअली खानले दोस्रो सन्तानका रुपमा पनि छोरालाई नै स्वागत गरेका छन् ।

तेस्तै ,

बलिउड नायिका करिना कपुर खान आफ्नो गर्भावस्थाको अन्तिम चरणमा छिन् । यस्तोमा नायिकाले आफ्नो ख्याल राख्नुका साथै हिँड्ने, डुल्ने काम पनि गरिरहेकी छिन् । शुक्रबार करिना कपुरलाई मुम्बईको बान्द्रामा देखियो ।

यहाँ करिना कपुर आफ्ना छोरा तैमुर अली खान र कर्मचारीसँग देखिइन् । करिनाले यो मौकामा खैरो रङको पोल्का डट ड्रेस लगाएकी थिइन् । यस्तै छोरा तैमुर निलो रङको पाइन्ट र टिसर्टमा देखिएका थिए । करिना कपुर खानमाथि आइतबारदेखि नै मिडियाको नजर टिकेको थियो । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार करिना फेब्रुअरी १५ मा आफ्नो बच्चालाई जन्म दिने तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता